बलिउड चर्चित अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ । लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ ।

उनी पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन् । खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन् । केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो । यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन् ।

उनले सार्वजनिक गरेका यी तस्वीरको खुबै चर्चा भइरहेको छ । टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन् ।

हेर्नुहाेस् उनकाे केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित !

आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित !
मुम्बई – आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । भलै उनी फिल्म उद्योगसँग नजिक छिन् तर मिडियामा आउन चाहन्निन् ।
सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् ।

उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले आफ्नो सम्बन्धलाई लुकाउन चाहँदैनिन् । तर, हालै उनले सार्वजनिक गरेको एक तस्वीरलाई लिएर फ्यानले चिन्ता व्यक्त गरेका छन् ।

खासमा इराले आफ्नो र मिशालको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जसमा दुवै प्रेम व्यक्त गरिरहेका देखिन्छन् । तस्वीरमा प्रेम झल्किए पनि तस्वीरमा लेखिएको क्याप्सनले भने फरक सन्देश दिएको छ ।

इरानले क्याप्सनमा लेखिन् – सबै ठीक हुनेछ । योसँगै उनले कैयन् ह्यासटाग पनि प्रयोग गरेकी छिन् । उनले मिस यु, जिन्दगी, स्वीकार गर, इट्स ओके जस्ता शब्दलाई ह्यासट्यागमा प्रयोग गरेकी छिन् ।

फ्यानले उनलाई धैर्य रहन आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘के सबै ठीक छ?’ अर्का एक प्रयोगकर्ताले थपेका छन्, ‘तपाईंहरु दुईबीच सबै ठीक छ नि?’ कतिले भने इरा र मिशालको तस्वीरमा खुबै माया दर्शाएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार