नेपाल बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी १२ अर्ब ६३ करोड ६७ लाख रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र नेपाल सरकारले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब ९६ करोड २२ लाख रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार