नेपाली ब्राण्ड गोल्डस्टार सुज अमेरिकामा प्रवेश गरेको छ । नेपालमा अत्यधिक लोकप्रिय मानिएको यो ब्राण्ड अब अमेरिकी बजारमा पनि उपलब्ध हुने भएको हो ।

न्यूयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिर प्रताप राणाले अक्टोबर १७ र २४ तारिखमा टेक्सास र सन्फ्रान्ससिस्कोमा उद्घाटन हुने जानकारी दिए ।

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतम, गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणा र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शका अध्यक्ष मार्क ज्याफ पनि उपस्थित थिए ।

गोल्डस्टार जुत्ताले सन् २००० मा भारतमा व्यापार बिस्तार गरेको थियो भने हाल अष्ट्रेलिया, जापान र कतारमा पनि व्यापार बिस्तार भइसकेको छ ।

नेपाली ब्राण्ड गोल्डस्टारको कतारमा सोरुम

स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि सुरु हुने भएको छ ।हाल कतार निवासी प्युठानका मधुसुधन केसिले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् ।

आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरि व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् । स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए ।

कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ । सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए ।

त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई-कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ । नेपालीहरूको बिचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए ।

गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार