लगातार घटिरहेको बजार हिजोबाट उकालो लाग्न थालेको हो। आज यो समाचार तयार पार्दा (१ः०९ बजे) सम्म बजार १००.५ अंकभन्दा बढीले उकालो लागेको छ। नेप्से परिसूचक २८१२.१२ को विन्दुमा पुगेको । यो अवधीसम्ममा सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका सबै समूह हरियाली छाएको छ। विकास बैंक र वित्त समूह सर्वाधिक ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्। अरु समूहमा पनि २.२५ प्रतिशतदेखि ७.५ ले बढेका छन्।

अहिलेसम्म ८ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। गुहेश्वरी मर्चेन्ट एन्ड बैंक एन्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स र हिमालयन ऊर्जामा १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो अवधिसम्म नेप्सेमा आज कारोबार भइरहेको १८५ वटामध्ये १८४ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ भने एउटाको मात्रै स्थिर रहेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार