दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको रिहादा सहरमा रहेको RIADA COMPANY FOR CLEANING AND MAINTANANCE ONE PERSON कम्पनीले १८८ जना नेपाली पुरुष कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् ।

इच्छुक कामदारले R.P. International Consultancy P.ltd को कार्यालय विशाल बजार चोक काठमाडौंमा असोज ११ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार