विकास हाइड्रोपावरले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३०% आइपीओ सर्वसाधारणलाई निष्कासन गर्न लगेको हो ।

आइपीओ निष्कासन गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालील हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको क्षमता ४.५५ मेगावाट रहेको छ । आयोजनाको निर्माण कार्य हालसम्म ५०% सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार