ङादी ग्रुप पावरले बोनस तथा हकप्रद सेयर प्रस्तवसहित असोज ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ । सोही पुँजीमा २००% हकप्रद प्रस्ताव गरिएको हो ।

यता, ७०.६० मेगावाटको बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट सर्वेक्षण अनुमतिपत्रका लागि भएका प्रगति विवरण सभामा जानकारी गराई थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गरिएको छ । भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार