तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो शेयर कारोबारका लागि रू. ८४ दशमलव ७४ देखि रू. २५४ दशमलव २२ को मूल्य रेञ्ज पाउनेछ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा उक्त मूल्यमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज पाउने देखिएको हो ।

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ रहेको छ । यस कम्पनीले कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

सर्वसाधारणमा आईपीओ जारी गर्नु अघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ ।

कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार