बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

अन्तिम दिन भाद्र १५ गते सम्ममा ४८ हजार ६२६ जना आवेदकहरुबाट ३० लाख १२ हजार कित्ताका लागि आबेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । अन्तिम रुजू भइनसकेकोले उक्त डाटामा केही परिवर्तन हुन सक्ने समेत विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा ७५३ गुणा बढि आवेदन परेको हो ।

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन गर्ने अन्तिम म्याद यहि भाद्र १५ गते मंगलवार रहेको थियो ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ( बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको ( बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन संकलन गरिएको थिायो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार