तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा प्राप्त भएको आवेदनहरूको भेरिफाई गर्ने कार्य भइरहेको कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

भरिफिकेशनको काम सम्पन्न भएपछिआईपीओ बाँडफाँडको काम हुनेछ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार