तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो लागेको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसोसम्म १७ लाख १८ हजार ६ सय ६३ जना आवेदकले २ अर्ब २८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ३०.६४ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार