यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ ।

बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ । विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् ।

विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले बढेको छ ।

यसअघि बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको थियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको थियो । यस्तै यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको थियो ।

मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको थियो । मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका थियो । मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार