काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर आज (बिहीवार)देखि विक्रीमा आएको छ । कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक सदस्यहरुले मूल्य र कित्ता खुलाई कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने वा सबै शेयर विक्री नभएमा बाँकी रहन गएको शेयर कित्ता प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार