मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टसँग कुरा गरेका छाैँ । क्यापिटलका अनुसार हिजाेसम्म शंकास्पद आवेदकहरूकाे छनाेट गरिएकाे छ ।

डाटा भेरिफिकेसनकाे काम आजसम्म सक्याएर प्री-अलाेटमेन्ट भाेलि गर्ने तयारी गरिएकाे छ । त्यसैले, सिडिएस र बाेर्डकाे अनुमति पाएमा सम्भवत: आइतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेकाे क्यापिटलले जनाएकाे छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार