मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ लाख ६४ हजार १ सय ११ कित्ताको १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले शेयर बिक्री तथा निष्काशनको लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार