अपि पावर कम्पनी लिमिटेड ले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले भदौ २५ गते, आफ्नो प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा भर्चुअल माध्यम जुम एप मार्फत सञ्चालन गरिनेछ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार