मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा ६५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साँझ ५ बजेसम्ममा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकबाट २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ६५.२० गुणा बढी हो ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ ।

बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन ३१ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • शनिवार ३० साउन, २०७८