कुमारी बैंक लिमिटेड (KBL) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा २ अर्ब नाघेको छ। असार मसान्तसम्ममा बैंकले २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५६.९८ प्रतिशत बढेको छ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४६ करोडबाट बढेर ५४ करोड पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।

गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ भने निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ।

kumari_bank_s

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार