१ वर्षको अवधि मै २० लाख डिम्याट खाता थपिएको छ। आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका हुन् । आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए । आर्थिक वर्ष ७७/७८ मा खुलेका डिम्याट खाता मध्ये २० प्रतिशत खाता काठमाडौँ जिल्लावासीले खोलेका छन् ।

यस वर्षमा काठमाडौँका मात्र ४ लाख २१ हजार ९ सय जनाले डिम्याट खोलेका हुन्। दोस्रो नम्बरमा झापाका ९६ हजार ९ सय ६६ जनाले तथा तेस्रो नम्बरमा ललितपुरका ९५ हजार ६ सय ५१ जनाले डिम्याट खोलेका छन् । त्यस्तै मोरङका ८४ हजार ८ सय ७०, कास्कीका ८३ हजार ४ सय ७६, रुपन्देहीका ८० हजार ४ सय ७०, भक्तपुरका ७५ हजार १ सय ७३, र चितवनका ७० हजार ८ सय २५ जनाले डिम्याट खोलेका छन् । यस अवधिमा सबै भन्दा कम डिम्याट मनाङवासीले खोलेका छन् ।

मनांगका ४८४ जनाले डिम्याट खोलेका हुन् । त्यस्तै मुस्तांगका ७२२, डोल्पाका ७३०, मुगुका ९ सय ८०, हुम्लाका १३ सय ३, बाजुराका २०४९, कालिकोटका २१ सय ६३, जाजरकोटका २४ सय ८४, रोल्पाका ३०७१, तथा रसुवाका ३१ सय ६१ जनाले डिम्याट खोलेका छन् । हालसम्म डिम्याट खाताको संख्या ३९ लाख ८६ हजार २ सय ३५ पुगेको छ । जस मध्ये २० लाख बढी डिम्याट गत वर्ष मात्र खुलेका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार