कुबेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुबेतको Engineering Carpentry Factory ले कार्पेन्टर पदका लागी ५० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ३७ हजार देखि रहेको छ ।

इच्छुक कामदारले Royal overseas को कार्यालय लाजिम्पाटमा साउन २८ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ ।

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार