२ दिन नेपाल स्टक एक्सनेप्सेको वेबसाइटको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । एक सुचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट तथा नयाँ वेबसाइट २२ गते शुक्रबार र २३ गते शनिवार पुर्ण रुपमा बन्द हुने नेप्सेले जनाएको हो ।

नेप्सेले शुक्रबार र शनिवार मेन्टेनेन्स तथा अपग्रेडको कार्य गर्न लागेको हो । नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । सो को लागि हाल पुरानो वेबसाइटमा भएका डाटाहरु नयाँमा माइग्रेट गर्न लागिएको हो ।

नेप्सेले डाटा माइग्रेसन कार्य अहिले पनि गरिरहेको छ । सोहि कारण दुवै वेबसाइटमा डाटा डिस्प्लेमा विभिन्न समस्या देखिएका छन् । नेप्सेले केहि समय अगाडी नयाँ वेबसाइटको सफ्ट लन्च गरेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार