राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो ।

साउन १८ गतेदेखि चौथो युनिटबाट पनि परीक्षणको रूपमा विद्युत् उत्पादन शुरू भएको छ । चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो ।

भदौ महीनाभित्र सबै (६ ओटै) युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सब–स्टेशनसम्म पु¥याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार