मैलुङखोला जलविद्युत कम्पनीको आइपिओमा २१ लाख १८ हजार बढीले आवेदन दिएका छन्। बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार अनलाइन प्रणालीबाट सो संख्यामा आवेदन परेको हो।

बैंकबाट आवेदन पर्नेको संख्या जोडिँदा अझ बढ्नेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको हो।

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कुल ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर पाउने छन्।

तीमध्येबाट फेरि ६ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन्। यसैबीच भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा बिक्री खुल्ला हुने भएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार