अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६८.३८ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७० करोड ६७ लाख ६ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.५५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४० करोड ७२ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ६५.०५ प्रतिशतले बढेर ६७ करोड ४२ लाख ८ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४० करोड ८४ लाख ७५ हजार रूपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड २२ लाख ५८ हजार रूपैयाँ रहेको छ ।

चौथो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ ४३ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५‍.९४ गुणा रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार