आइतवार यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकत भएको हो ।

अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । यूएलआई स्टककोडबाट कम्पनीको शेयर सूचीकृत भएको हो । कम्पनीले पहिलो कारोबारको लागि रू. ११५.१३ देखि ३४५.३९ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो । कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको थियो ।

उक्त आईपीओ २१ लाख १२ हजार ७९९ ओटा आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार