अपि पावर कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको उक्त शेयर बिक्री गर्ने भएको हो । कम्पनीले साउन १३ गतेदेखि उक्त शेयर लिलामीबाट बिक्री गर्न लागेको छ ।

लिलामीमा राखिने शेयरमा साउन २० गतेसम्ममा आवेदन दिनु पर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार कम्पनीको शेयरमा न्युनतम १०० कित्तादेखि सबै शेयरका लागि आवेदन दिन सकिनेछ ।

मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तीसार, मुक्तिनाथ विकास बैंकका शाखाहरु भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, इलाम, पृथ्वी चेक पोखरा, बुटवल, बिराटनगर, बीरगञ्ज, नारायणगट, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट लिलामी शेयरमा आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयर बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार