शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीको ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।

२५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय रुपैयाँमा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

बोर्डका अनुसार उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १ सय रुपैयाँ सहुलियतमा आईपीओ निष्कासन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको छ ।

शिवम्ले हालको जारी पुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पुँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार ७ साउन, २०७८