विश्वको उत्कृष्ट एयरलाइन्स–२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ। कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले कतार एयरलाइन्सलाई नम्बर एकमा राखेको हो।

अघिल्लो वर्ष उक्त सूचीमा न्युजल्याण्ड एयरलाइन्स परेको थियो। सन् २०२०मा कोरोनाका कारण विश्वमा हवाई उडान धेरै हुन नसकेपनि भएका उडानको विष्लेषण गरी सूची तयार पारिएको हो।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार