हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर आज साउन ५ गते मंगलबारदेखि निष्काशन गरेको छ । कम्पनीले हात कायम चुक्ता पूँजी ११ अर्बको एक शेयर बराबर एक शेयर (१ः१) अर्थात विद्यमान एक कित्ता साधारण शेयर बराबर नयाँ एक कित्रा शेयरको अनुपातमा साविकको शेयरधनीहरुका लागि ११ अर्ब बराबरको प्रतिशेयर रु.१०० अंकित दरका ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो ।

कम्पनीको हकप्रद शेयरले क्रेडिट रेटिङ संस्था केयर रेटिङ्ग्स् नेपाल लिमिटेडबाट केयर एनपि ए माइनस रेटिङको प्रमाणपत्र प्राप्त गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिम रहने संस्था भएको आधारहरु जनाउँदछ । हकप्रद शेयर खरिदका लागि हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीहरुले साउन ५५ गतेदेखि साउन २५ गते बैंकिङ समय पश्चातसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डले जेठ ९ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । हकप्रद निष्काशनको जिम्मेवारी भने ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पूरा गर्नेछ । कम्पनीको साविकको चुक्ता पूँजी ११ अर्ब रहेकोमा सरकारबाट हकप्रद शेयर वापत ५ अर्ब ५० करोड प्राप्त भई हा यस कम्पनीको चुक्ता पूँजी १६ अर्ब ५० करोड रहेको छ । जसलाई प्रति शेयर अंकित मूल्य रु. १०० का दरले १६ करोड ५० कित्ता साधारण शेयरमा विभाजन गरिएको छ भने हकप्रद निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार