जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा भने निवेदन पेश गरेकाे छैन । सेबाेनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । सो नियुक्ती सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार संस्थाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको थियाे । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • सोमबार ४ साउन, २०७८