साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि उनिहरु अलपत्र परेका हुन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।

रोजगार बिहिन भएका नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको र दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको अर्घाखाँचीका नेत्र विसीले बताएका छन् ।

नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको उनिहरुले गुनासो गरेका छन् । साउदीस्थित नेपाली दूतावासलाई पटक(पटक फोन गरेर जानकारी गराए पनि दुतावासले पनि वेवास्ता गरेको बताइएको छ ।

saudi_ai
saudi ai

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार