नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. ४०० मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर लिलामीमा ल्याएको हो । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत विक्री प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ ।

शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीहरुले रितपूर्वक सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार