मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार कम्पनीको आईपीओको प्रिअलटमेन्ट सकिएको छ ।

कम्पनीको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओ ३६ हजार ३४९ जनाले मात्रै पाउने छन् । बाँकी १९ लाख ९९ हजार ८९६ जनाको हात खाली हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार