जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ता सेयरका दरले पाएका छन् । कम्पनीको आईपीओ आज बुधबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । ५ जनाले भने ११ कित्ता सेयर पाएका छन् ।

आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । करिब ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ ।

आईपिओको नतिजा केहि समयपछि

  • https://iporesult.cdsc.com.np
  • https://result.nmbcl.com.np
  • http://ipo.jeevanbikasmf.com

वेबसाइटमा गएर हेर्न सकिने छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार