जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ आज बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार बिहान ९:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपिओमा झन्डै १७ गुणाको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ४८ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ ले मात्र पाउने छन् । ५ जनाले भने ११ कित्ता शेयर पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो तथ्यांक आवेदन भेरिफाई हुनु भन्दा अगाडी कै रहेकोले यो संख्या केहि थपघट हुन् सक्ने छ । कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

आईपीओ रिजल्ट कसरी हेर्ने ?

सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि (https://iporesult.cdsc.com.np) बाट हेर्ने व्यवस्था मिलाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार