साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रा गरेको छ । नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने व्यापक गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेकाे छ । नेप्से ०.३० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३३ अंकले घटेर ५२८.४५ विन्दुमा पुगेको छ ।

कूल २२४ वटा कम्पनीकाे एक कराेड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, आइतबार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड ५६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आइतबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल इन्स्याेरेन्स, नेपाल टेलिकम, अपर तामाकाेशी, हिमालयन डिष्टीलरी, नेशनल हाइड्राेपावर, एनआईसी एशिया बैंक, ज्योति विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका छन् ।

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : १२ प्रतिशत गुडविल फाइनान्स डिबेञ्चर २०८३, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, लिबर्टी इनर्जी, नेपाल टेलिकम, अपर तामाकोशी, हिमालयन डिष्टीलरी र चन्द्रागिरी हिल्स रहेका छन् ।

आइतबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५, १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रोपावर र नेपाल इन्स्योरेन्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार