जीवन विकास लघुवित्तले निष्काशन गरेको आइपीओमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। कम्पनीको आइपीओमा मंगलवार बेलुका ५:४५ बजेसम्ममा २० लाख ४८ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो । कुनै पनि आईपिओमा २० लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो ।

यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो । कम्पनीले आज असार ११ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ ।

बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली भएका छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्वारा प्रवर्धित हो।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार