युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट साधारण शेयर निष्कासन गर्ने अनुमति असार १३ गते पाएको छ ।

अनुमति संगै कम्पनीले साधारण शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनको अनुमति दिएको हो।

सेबोनको अनुमति पाएसँगै अब युनियन लाईफ इन्सुरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार