नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले हिजो असार १० गते तेह्रथुम पावरलाई १२ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ।

तेह्रथुम पावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन, जीवन विकास लघुवित्तको आइपीओमा

जीवन विकास लघुवित्तको आइपीओ पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन परेको छ।बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३.७३ गुणा धेरै हो।’

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • शनिवार १२ असार, २०७८