ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ निष्काशन गर्ने भउको छ । कम्पनीले असार २० गतेदेखि उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कूल कित्तामध्ये बैंकले ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्ने बताइएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याएको ६ लाख कित्ताबाट ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको ५ लाख ७० हजार ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

बैंकले जारी गर्ने १० वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा असार २३ रहेको छ भने त्यो समय अवधिमा विक्री नभएमा साउन ३ गते बैंकिङ समयसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

ऋणपत्र निष्कासन गर्न जेठ २७ गते बोर्डबाट अनुमति पाएको हो । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शुक्रबार ११ असार, २०७८