जीवन विकास लघुवित्तले शुक्रबारदेखि आइपीओ निष्कासन गरेको छ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ ।

यसमध्ये ०.५प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।

त्यस समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार