आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो ।

रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो ।

कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ गु्रप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • मङ्गलबार ८ असार, २०७८