जेठ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार सोमबार बैंकिङ समयसम्म रहेको छ ।

बैंकले उक्त लघुवित्तको संस्थापक शेयर जेठ १३ गतेदेखि ५६ हजार २७० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरमा आवेदकले न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ८०० तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरीदको लागि बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५०० कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार