कारोबारको पहिलो दिन (आइतबार) सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएको दोस्रो दिन बिहीवार कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ ।

कम्पनी ३ लाख ९० हजार ५०८ कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार