एनआईसी एसिया बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये १८ लाख कित्ता नितिजा तबरबाट र १२ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार