सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । आइतबार सम्पन्न तेस्रो साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणसभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको थियो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार