यस साता लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । याे साता सर्वाधिक नाफा कमाउनेकाे सूचीमा लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ता अग्र स्थानमा रहेका छन् ।

साताभरमा बैंककाे सेयरमूल्य ४५ दशमलव ०३ प्रतिशतले बढेर ४ सय ९६ रूपैयाँ पुगेको छ । गत साताकाे अन्तिम दिन बिहीबार बैंककाे सेयरमूल्य ३ सय ४२ रूपैयाँ कायम रहेकाे थियाे ।

बैंककाे याे तथ्यांक हेर्दा एक सातामा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता एक सय २७ रुपैयाँका दरले कमाएका छन् । साताभर नै बैंककाे सेयरमूल्य बढ्दाे क्रममा थियाे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकले ४२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १९ लाख रुपैयाँ रहेको छ।बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १४.६६ गुणा रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • शुक्रबार २१ जेठ, २०७८