रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ । कम्पनीले असार ४ गते शुक्रबार ज्ञानेश्वर स्थित आफ्नै प्रधान कार्यलयमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन प्रस्ताव सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधरणलाई ६० करोड रुपैयाँको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । शेयर जारि गर्ने प्रस्ताव बाहेक सभामा संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७६/७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार