नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले बढ्दा आइतबार नयाँ रेकर्ड बनेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज नेप्से ३२.८१ अंकले बढेर २८२०.०० विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यसअघि जेठ ४ गते नेप्से परिसूचक २७९३.८१ विन्दुमा पुगेर रेकर्ड कायम भएको थियो। आज उक्त रेकर्ड तोडिएको हो। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कूल ११ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज २२० वटा कम्पनीका दुई करोड ४७ लाख ४६ हजार ९२० कित्ता सेयर एक लाख २४ हजार २७२ पटक खरिद-बिक्री भएका थिए। आज कर्णाली डेभलपमेण्ट बैंक र ग्रिन डेभलपमेण्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ३.७३ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ४१ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा ज्योति विकास बैंक लिमिटेडका सात लाख ५२ हजार ५९६ कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकासेयर सबैभन्दा बढी तीन हजार ३०३ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। आज माइक्रोफाइनान्स र होटल तथा पर्यटनबाहेक सबै समूहमा हरियाली छाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार