एभरेष्ट इन्स्योरेन्स कम्पनीको साधारण सभा भोलि (सोमवार) हुने भएको छ । कम्पनीले सभा दिउँसो २ बजे आफ्नो प्रधान कार्यालयमा हुने बताएको छ ।

कोरोना भाइरसकोको महामारीलाई ध्यानमा राख्दै सभा भर्चुअल माध्यमबाट हुने पनि कम्पनीले बताएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत वैशाख २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

दोहोरो अंकले उकालो लागेको नेप्सेमा कतिको कारोबार?

कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टामा दोहोरो अंकले उकालो लागेको छ । कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक २०.११ अंकले बढेर २८०७.३० को बिन्दुमा पुगेको छ । सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ३ उपसमुह ओरालो लागेका छन भने बाँकी उपसमुह बढेका हुन ।

यस्तै, २ बजेसम्म् कारोबारमा आएका २१९ कम्पनीको १ करोड ७३ लाख ७२ हजार ८०४ कित्ता शेयर ९० हजार ८८८ पटक किनबेच हुँदा ८ अर्ब १३ करोड २ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार